भरतप्रसाद साह
नेसनल सेल्स म्यानेजर, सीजी इलेक्ट्रोनिक्स
सेन्सेई ब्रान्ड चौधरी समूहको आफ्नै स्वदेशी ब्रान्ड अन्तर्गत पर्छ । सेन्सेई नेपालमा सीजी आफैँले स्थापित गरेको ब्रान्ड हो । जापनिज टेक्नोलोजी प्रयोग भएको सेन्साई ब्रान्डमा इलेक्ट्रोनिक्स प्रोडक्ट टिभि, फ्रिज, वासिङमेसिन, एयर कुलर, भ्याकुम क्लिनर, म्युजिक सिस्टम , चेस्ट फिजर बिक्री गर्दै अएको छ । मध्यम वर्गाीय सेवाग्राहीमा केन्द्रीत रहेर सीजीले धेरै अध्ययन गरी चार बर्ष अगाडी सेन्सेई ब्रान्ड नेपालमा सुरु थियो ।
हाईक्लास पछि मध्यमवर्गीय ग्राहकलाई सेन्सेई ब्रान्डले समेटेको छ । ‘मूल्य रोजेजस्तो प्रोडक्ट खोजेजस्तो’ नीति लिएर अघि बढेको यो ब्रान्डले ग्राहकको रोजाई अनुसार नै सस्तो दरमै सामान उपलब्ध गराउँछ । सेन्सेईले भित्र्याएको उक्त टिभि छोटो समयमा नै लोकप्रिय भएका कारण अहिलेसम्म पनि नेपाली बजारमा आफ्नो बर्चस्व जमाउन सफल भएको छ । ।
टिभी पछि सेन्साईले स्पिकर नेपाली बजारमा भित्र्याएको थियो । पछिल्ला बर्षहरुमा विश्वभर सबैभन्दा बढी ग्रोइङ मार्केट नै रेफ्रिजेरेटर, एसी र वासिङ मेसिनको छ ।

तर, बिगत चार महिना देखि कोभिड १९ का कारण केही प्रतिशत विजनेश डाउन भयो । गत बर्ष ग्राहकको सामानहरुमा माग जुन मात्रामा हुन्थ्यो यसपालिको बर्ष गिरावट आएकै हो । मुख्य सिजनमै नेपालमा कोरोना भाइरसका कारण चार महिना लकडाउन भयो । चैत, बैशाख, जेठ, असार र साउन सीजीका इलेक्ट्रोनिक्स ब्रान्ड बिक्रीको पिक सिजन हो । गर्मीको समयमा वासिङ मेसिन, फ्रिज, एरय कुलर , चेस्ट फ्रिज लगायतका समान बढी बिक्ने भए पनि लकडाउनका कारण विजनेशमा केही समस्या आएको थियो ।

सेन्सेई ब्रन्डको सर्भिसमा कुनै पनि असर गरेको छैन् । यो बीचमा नेपालभर एलईडी टेलिभिजनको व्यापार उच्च नै रहयो । एलईडी टेलिभिजनको बिक्री उच्च हुनुको मुख्य कारण मानिसहरु सबै घर भित्रै बसिरहेका छन् । समय बिताउन तथा मनोरञ्जनका लागि पनि मध्यमवर्गीय मानिसको रोजाइमा टेलिभिजन पर्यो ।
पछिल्लो समय कोभिडको कारण विद्यार्थीहरु अनलाइन क्लासमा फोकस भएका छन् । शहरी क्षेत्रमा सबैसँग स्मार्टफोन भए पनि ग्रामिण भेगमा टेलिभिजनबाट पनि पढाइ गनुपर्ने अवस्था छ । जसको कारण टिभी, म्युजिक सिस्टम अत्याधिक बिक्रि भएको छ ।
नेपालमा चाडपर्वहरु आउने क्रम जारी छ । विशेषगरी इलेक्ट्रोनिक ब्रान्डहरुको बिक्री हुने समय गर्मी मौसम र दशैं तिहार छठ नै हुन् । कारोना भाइरसको संक्रमण जोखिम अझै फैलिरहेको अवस्था छ ।

लकडाउनका कारण बिक्री नभएका सामानलाई चाडपर्वमा व्यापारलाई उकास्नका लागि नयाँ स्किम र योजना ल्याउने कार्यलाई निरन्तरता दिने तयारी छ । त्यसका लागि ग्राहकको अकर्षण बढाउन भएका समानमा नयाँ स्किम सार्वजनिक गरेर वा एक सामान खरिदमा अर्को केही समान ‘फ्रि’ जस्ता अफर सार्वजनिक हुने छन् ।
सेन्साई ब्रान्ड अन्तर्गत २० इन्चबाट एलईडी टिभीदेखि ५५ इन्चकाे फाेरके एचडी बिक्री भइरहेको छ । आगामी महिनामा अल्ट्र एचडी फोरके टिभी पनि सार्वजनिक गर्ने कम्पनीको तयारी छ । १० हजार पाँच सयदेखि ६९ हजार रुपैयाँसम्म एईडी टिभीको मुल्य पर्छ । यो ब्रान्डमा ग्राहकको रोजाइमा भने ३२ इन्च , ४३,५५ इन्चको टिभी बढी पर्ने गरेको छ । यहि ब्रान्ड प्रिमियम मूल्यमा लिने हो भने ग्राहकलाई४०प्रतिशतसम्म मूल्यमा भार पर्छ । जसका कारण यी एलईडी टेलिभिजन मानिसको बढी रोजाइमा परेका छन् । गुणस्तर र विशेषताले पनि ग्राहकलाई यी टेलिभिजनले आकर्षित गर्ने गरेको छ । सेन्सेई ब्रान्ड टेलिभिजनकै कारण माथि उठाउन सफल भएको छ ।

नेपालमा रेफ्रिजेरेट, भ्याकुम क्लीनर, म्युजिक सिस्टम आउन थालेको लगभग २ बर्ष भएको छ । एलइडी टिभी आउन थालेक ४ बर्ष पूरा भइसकेको अवस्था छ । चौधरी ग्रुप अन्तर्गतको सेन्सेई ब्रान्डको मुख्य उद्देश्य भनेको मध्यमवर्गीय ग्राहकलाई बढी भन्दा बढी सन्तुष्टि दिने नै हो । क्वालीटी प्रोडक्टलाई प्रथामिकता दिँदै लोकल प्रोडक्टतर्फ नै बढी केन्द्रीत भइरहेको छ । सीजी इलेक्ट्रोनिक्स ब्रान्डका लागि आगामी दिनमा नेपाली बजारमा अग्रस्थानमा पुग्ने लक्ष्य छ । आगामी दिनमा नयाँ नयाँ प्रोडक्ट ल्याउने तयारी भइरहेको छ । काठमाडौं उपत्यकाभित्र ५० र देशभर २०० भन्दा बढी डिलरहरुबाट सामान बिक्री हुँदै आएको छ ।
