काठमाडौं । काठमाडौं उपत्यकामा भान्छामा प्रयोग हुने अत्यावश्यक तरकारीहरु महंगो भएका छन । विषेश गरेर कोरोना भाइरसको संक्रमण फैलिएसँगै सार्वजनिक यातायात र आवातजावत बन्द हुँदा सीमित व्यवसायीहरुले तरकारीको मूल्य ह्वात्तै बढाएका हुन् ।
तरकारीको मूल्य बढेपछि तनाबमा परेका उपत्यकाका उपभोक्ताहरुलाई सहज र सरल तरिकाले बजार मूल्य भन्दा आधा सस्तोमा ग्यापू मार्केट प्लेसले तरकारी जन्य बस्तुहरु घरघरमा निःशुल्क पुर्याउदै आएको छ ।
एकातिर लकडाउनका कारण घर भित्रै थुनिएका उपभोक्ताहरुको भान्सा सस्तो बनाउन भन्दै ग्यापूले घरमा अति आवश्यक पर्ने गोलभेडा,प्याज र आलू जस्ता तरकारीहरु सुपथ मूल्यमै घरघरमा पुर्याइरहेको हो ।
अनलाइन मार्फत अर्डर गरी घरमा आवश्यक पर्ने खाद्यन्नहरु २४ घण्टाभित्र उपत्यकामा निःशुल्क होम डेलिभरी गर्दै आएको छ । ग्यापूले शनिबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार प्याज किलोको ३६,गोलभेडा ४७ र आलु ४५ रुपैयाँ तोकेको छ ।
यस्तै ग्यापूले मुला ४७,कागती १९०,काउली १००,डल्ले च्याउ ३८०,बन्दाकोभी ७० र हरियो सिमि ९५ रुपैयाँ निर्धारण गरेको छ ।
अहिले बजारमा प्याज किलोको ७० देखी ८०,गोलभेडा १०० देखी १२० र आलू ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ । ग्यापूले तरकारीसँगै खाद्यन्नहरु,दैनिक जीवनमा उपभोग हुने सामानहरु होमडेलीभरी गरिरहेको छ ।
ग्यापूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र खड्काले संकटको बेला बजारमा हुने कालोबजारीलाई रोक्न सुपथ मूल्यमा तरकारीसँगै आवश्यक खाद्यन्नहरुको होमडेलिभरी सुरु गरिएको बताए । ग्राहकहरुको सहजताका लागि दैनिक विहान तरकारी र खाद्यन्नको मूल्यसूची सार्वजनिक गर्ने खड्काले जानकारी दिए ।
योसँगै ग्यापू सिभिल मलसँग सम्झौता गरी त्यस मलमा रहेका सामाग्रीहरु अनलाइन मार्फत नै अर्डर गरी लिन सक्ने व्यवस्था समेत गरेको छ ।
