काठमाडौं । पिउने पानीको मुल्य बढाएर उपभोक्तालाई मर्कामा पारेको भन्दै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई छिटोभन्दा छिटो छानबीन गर्न पुन? पूरक उजुरीमार्फत ताकेता गरिएको छ ।
यसअघि कानुन, न्याय तथा सामाजिक कल्याण संघले पिउने पानीको जार मुल्य चल्तीको भन्दा १५ रुपैयाँ बढाएको भन्दै समितिमा ऊजुरी दर्ता गरेको थियो । तर, समितिले छानबीन अघि नबढाउँदा पानी व्यापारीले पानीको मुल्य बढाउन चलखेल सुरु गरेको भन्दै छिटोभन्दा छिटो उपभोक्ताको हितमा हुने गरी निर्देशन दिए संघले समितिलाइृ ध्यानाकर्षण गराएको छ
यसअघि वाणिज्य विभागले भदौ १० गतेदेखि लागू हुने गरी पानीको जारको अधिकतम खुद्रा मुल्य(एमआरपी) ५० रुपैयाँ लागू गर्ने निर्णय गरेको थियो । उपभोक्ताले ३० देखि ३५ रुपैयाँमै पाउँदै आएको पानीको जारको एमआरपी ५० रुपैयाँ तोकेपछि व्यापारीले मुल्य बढाउन सुरु गरिसकेका छन् ।
चल्तीको तुलनामा १५ देखि २० रुपैयाँ मुल्य बढाएर विभागले एमआरपी तोकेपछि यसको चौतर्फी विरोध भएको छ । समितिले पनि पानीको मुल्य के कारण बढाइएको हो भन्ने बारेमा अध्ययन गर्न विभागबाट कागजात र विवरण मगाइसकेको छ ।
तर, छानबीन र निर्देशन दिन समितिले पनि आलटाल गर्दा पानी व्यापारीले अहिले नै मुल्य बढाउन सुरु गरेका छन् ।
‘नेपाल सरकारको वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्र्तगत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भदौ १० देखि लागू हुने गरी एक जार पिउने पानीमा १५ देखि २० रुपैयाँ बढाएर मुल्य तोकेको छ । सो मुल्य समेत बजारमा लागू भइ उपभोक्ता उपर लुट सुरु भएको छ ।
यस्तो अवस्थामा संयन्त्र लाचार बनि निरीह प्राय र मुकदर्शक बस्न मिल्दैन र मिल्ने पनि होइन् ’ संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘व्यापारी वर्गलाई अनुचित लाभ हुने गरी भएको निर्णय तुरुन्त फिर्ता लिइ बजारमा पुनः प्रतिष्पर्धात्मक ढगले संचालन हुन दिनु दिलाउनु भनि वाणिज्य विभागका नाउँमा आदेश जारी गरि पाउँ ।’

