वर्कसपहरू बिहान ८ देखि बेलुका ८ बजेसम्मै खुल्नेछन्। फुटपाथ, ठेला व्यापार, स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल तथा डिपार्टमेन्ट स्टोरहरू बिहान ११ बजेसम्म र अपराह्न ४ देखि बेलुका ७ बजेसम्म खुल्ने छन्।
दाहालका अनुसार होटल, रेष्टुरेन्ट र बार खोल्न पाइने छैन। खुल्ला स्थानमा सभा-जुलुश, जात्रा महोत्सव हुन दिइने छैन। मठ-मन्दिर, मस्जिदमा दैनिक पूजाआजाबाहेकका काम गर्न पाइने छैन।
उद्योग र कलकारखाना चल्न दिइन्छ। तर, स्वास्थ्य मापदण्डविपरीत चलाउन पाइँदैन। चाडपर्वमा हुने जमघट हुन दिइँदैन। शैक्षिक संस्था चल्ने छैनन्। गोष्ठी, सेमिनार, शैलुन, स्पा, ब्युटी पार्लर खुल्ने छैनन्। चिडियाखाना तथा प्रदर्शनीहरू बन्दै रहने छ। श्रमिक-मजदुरलाई सामाजिक दूरी कायम नगरीकन ओसारपसार गर्न पाइने छैन।
निर्माण सामग्रीका पसल, निर्माण सामग्री ढुंगा, बालुवा, सिमेन्ट, रड, डन्डीलगायत बोक्ने ट्रक, टिपरहरूलाई यसअघि नै सञ्चालन हुन दिइएको थियो। निर्माण सामग्री बोक्ने सवारीसाधनलाई समय तोकिएको थिएन भने पसललाई दिउँसो २ बजेदेखि राति ९ बजेसम्म तोकिएको थियो।
राजधानीमा कोरोना संक्रमण व्यापक बढेपछि प्रशासनले भदौ ३ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। साता-सातामा दुई पटक निषेधाज्ञाको समय बढाइएको थियो।
निषेधाज्ञा निरन्तर भइरहँदा आर्थिक गतिविधिहरू ठप्प भएपछि प्रशासन लचिलो भएकाे छ । यसअघि मंगलबार सरोकारवाला सबै पक्षसँग छलफल गर्दा पनि चाडबाड नजिकिएका कारण आर्थिक गतिविधिहरू हुनुपर्ने राय पेश भएको थियो।
अहिले लागू भएको निषेधाज्ञाको पनि स्वरुप परिवर्तन हो। ‘संक्रमणको अवस्थालाई मध्यनजर गरेर यो निर्णय क्रमश: हटाउने वा जारी राख्ने निर्णय हुनसक्छ ।