काठमाडौं । प्रभु बैंक लिमिटेड र सरकारी डक्टरहरुको छाता संगठन सरकारी डक्टर्स एशोसियसनबीच बैंकिङ्ग साझेदारी गरी प्रभु बैंकमार्फत् बैंकिङ कारोबार गर्ने सम्झाैता भएको छ ।
प्रभु बैंक लिमिटेडको प्रधान कार्यालयमा बिहीबार एक समारोहकाबीच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सरकारी डक्टर्स एशोसियसनका तर्फबाट अध्यक्ष डा. रबिन खडकाले बैंकिङ कारोबार गर्ने सम्वन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
कारोबार सम्झौता कार्यक्रममा प्रभु बैंकका नायब कार्यकारी प्रमुख मनिराम पोखरेल र सरकारी डक्टर्स एशोसियसनकातर्फबाट बरिष्ठ उपाध्यक्ष डा. बिजय थापा, उपाध्यक्ष डा. सुशिल मोहन भट्टराई, महासचिव डा. किर्ती बाल सुवेदी, निवर्तमान उपाध्यक्ष डा. नविन पोखरेल र डा. छिरिङ्ग लामाको उपस्थिति थियो ।
प्रभु बैंक र सरकारी डक्टर्स एशोसियसनसँगको विहीबार सम्पन्न सम्झौता बमोजिम प्रभु बैंक लिमिटेड सरकारी डक्टर्स एशोसियसनको आधिकारिक बैंकको रुपमा रहनेछ ।
सरकारी डक्टर्स एशोसियसनले आप्mनो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक लिमिटेडमार्पmत् गर्नेछ । सरकारी डक्टर्स एशोसियसनको सदस्यता प्राप्त गरेका सरकारी डाक्टरहरुले आफुलाई पायक पर्ने प्रभु बैंकका जुनसुकै शाखा कार्यालयबाट बिना झण्झट सर्वसुलभ रुपमा विभिन्न खाता खोली बैंकिङ्ग कारोबार गर्न सक्नेछन् ।
उक्त खाता सञ्चालन गर्दा मोबाईल बैंकिङ्ग, ईण्टरनेट बैंकिङ्ग, एटिएम लगायत अत्याधुनिक प्रविधियुक्त सेवाहरु निशुल्क उपभोग गर्ने सक्नेछन् । यसका साथै सहुलियत ब्याजदरमा घरकर्जा, सवारी साधनकर्जा, शैक्षिककर्जा, प्रोफेशनल कर्जा तथा दैनिक उपभोग्य वस्तु खरिद कर्जा लगायतका कर्जा सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् । सो सम्बन्धी सेवाप्रवाह सम्बन्धमा आवश्यक जानकारी तथा सहजीकरण गर्नका लागि बैंकले प्रधान कार्यालयमा एक विभागीय सम्पर्क व्यक्ति तोकेको छ ।
सम्झौताबमोजिम सरकारी डक्टर्स एशोसियसनमा आबद्ध डाक्टरहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गरी अधिकतम् लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।