काठमाडौं । साओमीले आफ्नो नयाँ स्मार्टफोन ‘रेडमी नाइन सी’ का साथ नेपाली बजारमा सार्वजनिक भएको छ । फिटनेश ट्रयाकर ‘मी स्मार्टब्यान्ड फाइभ’ सार्वजनिक गर्दै पहिलो पटक वेयरेबल श्रेणीमा साओमी प्रवेश गरेको छ ।
यो नयाँ इन्ट्री लेभलको स्मार्टफोनमा ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच क्षमताको ब्याट्री छ । यसमा मिडियाटेक हेलियो जी३५, अक्टा कोर गेमिङ चिपसेटको विशेषता छ, जुन २.३ जीएचजेड सम्म जान्छ ।
रेडमी नाइन सी मा एआई ट्रीपल क्यामेरा छ, जसले विभिन्न अवस्थामा पनि स्पष्ट तस्वीरहरु खिच्छ । यसमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश छ । एआई सेल्फी क्यामेरा ५ एमपी सेन्सरद्वारा सञ्चालित छ ।
फोनको पछाडि एक टेक्सचर डिजाइन छ, जसले औंलाको छापहरु बस्न दिँदैन, ताकि उपकरणले सबै समय आफ्नो यथावत रुप कायम गर्न सक्छ । एआई फेस अनलकले तपाईंको उपकरण अनधिकृत पहुँचबाट सुरक्षित रहेको सुनिश्चित गर्दछ ।
यस सिरिजका पहिलेका फोन जस्तै रेडमी नाइन सीले डुअल फोरजी स्ट्यान्डबाई सीम कार्ड र डेडिकेटेड माईक्रो एसडी कार्ड स्ल्ट सर्पोट गर्दछ जुन ३.५ एमएम हेडफोन ज्याकका साथ आउँछ ।
अन्य रेडमी उपकरणहरु जस्तै, रेडमी नाइन सी ले पनि उच्च स्तरको गुणस्तर समर्थन गर्ने दाबी कम्पनीको छ ।
त्यस्तै कम्पनीले नेपाली बजारमा ल्याएको मी स्मार्टब्यान्ड फाइभ सबैका लागि प्रयोग गर्न मिल्ने एडभान्स्ड फिटनेश ट्रयाकिङ हो । यसमा १.१ इन्च कलर एमोलेड डिस्प्ले छ, जसको स्क्रीन पहिलेका डिभाइसभन्दा ठूलो हो ।
प्रयोगकर्ताहरुले ६५ भन्दा बढि विभिन्न डिस्प्ले र ६ स्लिक ब्यान्ड कलर चयन गरेर आफ्नो अदभूत स्टाइल व्यक्त गर्न सक्नेछन् । भाइब्रेन्ट डिस्प्ले र स्पोर्टी डिजाइनका साथ मी स्मार्टब्यान्ड फाइभले फिटनेशलाई फेशनेबल बनाएको छ ।
यसमा ५ एटीएम वाटर रेसिस्टान्ट प्रमाणीकरणका साथ उपकरणलाई प्रयोगकताले पानीभित्र वा बाहिर, पुलदेखि ट्रयाक वा पानीको तरंगदेखि शावरसम्म संगै लग्न सक्छन् ।
११ वटा व्यायम मोडहरु सहित इन्डोर साइकलिङ, इलिप्टिकल, योग, रोइङ मेशिन र जम्प रोप सहित मी स्मार्टब्यान्ड फाइभले चाहे तपाईं जसरी कसरत गरेपनि तपाईंको वर्कआउट प्रगतिको विवरण कैद गर्छ ।
फिटनेश बाहेक मी स्मार्टब्यान्ड फाइभको पीपीजी हार्ट रेट सेन्सर अब ५०५ एकुरेट छ, जसले तपाईं सधै आफ्नो निन्द्राको स्थिति, तनाव स्तर वा मासिक चक्रमा आफ्नो स्वास्थ्यको बारेमा सचेत रहन सक्नुहुन्छ ।
ठूलो स्क्रीन र थपिएका नयाँ विशेषताहरुलाई सञ्चालन गर्न मी स्मार्टब्यान्डको ब्याट्रीले निरन्तर १४ दिनसम्मको प्रयोगको समर्थन गर्दछ । र, चार्ज गर्ने समयमा ट्रयाकरलाई ब्यान्डबाट हटाउन आवश्यक पर्दैन ।
मूल्य र उपलब्धता
रेडमी नाइन सी तीन कलर भेरियन्ट— सनराइज ओरेन्ज, ट्वीलाइट ब्लू र मिडनाइट ग्रेमा उपलब्ध हुनेछ । यो २जीबीं३२जीबी भेरियन्ट रु. १२,९९९ मा उपलब्ध हुनेछ भने ३ जीबीं ६४जीबी भेरियन्ट रु. १४,९९९ मा उपलब्ध हुनेछ ।
मी स्मार्ट ब्यान्ड फाइभ रु.४,४९९ मा उपलब्ध हुनेछ ।यी सबै उत्पादनहरु आधिकारिक मी स्टोर, अनलाइन पार्टनर र रिटेल पार्टनरहरुमा आजैदेखि उपलब्ध हुनेछ ।