काठमाडौं । सेयर बजार बढ्दै गएपछि लगानीकर्ताहरुको रोजाइमा जलविद्युत कम्पनीहरु परेका छन । अधिकाँश साना कम्पनीको सेयर मूल्य १०० रुपैयाँ भन्दा कम भएका बेला लगानीकर्ताले पछिल्लो समयमा जलविद्युतमा लगानी बढाउन थालेका छन । यसले गर्दा कम्पनीहरुको सेयर मूल्य बढेको पाइएको छ । केही कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार पनि सबैभन्दा बढी कमाउनेमा जलविद्युत कम्पनी परेको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अरुण भ्यालीको सेयर मूल्य बढेर १४३ रुपैयाँ पुगेको छ ।
यस्तै सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको ९.९३ प्रतिशत बढेर १५५, आँखुखोला जलविद्यत कम्पनीको बढेर ६९, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११५, छ्यान्दी हाइड्रोपावर लिमिटेडको ११५, रैराङ हाइड्रोपावरको ११७ र वरुण हाइड्रोपावरको पनि ११७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
यी सबै आयोजनाको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेका छन । यस्तै दिव्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, र पञ्चकन्यामाई हाइड्रोको सेयर मूल्य बढेको छ ।
यी कम्पनीहरुको सेयर मूल्य न्यूनतम ८.७९ प्रतिशत बढेको छ । सेयर मूल्य बढ्नेमा अधिकाँश साना जलविद्युत कम्पनीहरु छन ।
नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा सेयर किनबेच भएको छ ।