×

त्रिपुरेश्वस्थित राहदानी विभागमा युवा संघकाे विराेध प्रदर्शन

images

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा प्रदर्शन गरेको छ ।

सरकारले राहदानी वितरणमा ढिलाइ गर्दा सेवाग्राहीले दुस्ख पाएको विरोधमा संघले प्रदर्शन गरेको हो । 

उनीहरूले ‘महंगीले सतायाे, राहदानीले रुवायाे’ लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

‘सरकारी सेवा प्रवाहमा ढिलासुस्ती एवं लापरबाही भएकाले विरोध गर्नुपरेको हो’, राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले बताए ।


आइतबार​ १९ असार २०७९ ०३:०४ PM मा प्रकाशित

प्रतिक्रिया