काठमाडौं । राहदानी विभागले १५ दिनमै जिल्लामा पासपोर्ट पुग्ने जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै विभागले जिल्लाबाट आवेदन दिएकाहरूले बढीमा १५ दिनमै पासपोर्ट पाउने व्यवस्था मिलाइएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरूलाई विभागले प्रत्येक साता प्रिन्ट गरेर पठाउने व्यवस्था गरेकाले काठमाडौं उपत्यका भित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरूले एक साताभित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिनभित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको विभागको विज्ञप्तिमा उल्लेख छ ।
विभागमा दैनिक रूपमा आवेदन गर्नेको संख्या २ हजार ४ सय रहेको छ भने ५ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरिरहेकाे विभागकाे दाबी छ ।
दैनिक रूपमा ६ हजार ५ सय राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको विभागले जनाएको छ ।
प्रतिक्रिया