×

सुनकाे मूल्यमा सामान्य वृद्धि, घट्यो चाँदी

images

काठमाडाैं । साताको पहिलो दिन सुनको  मूल्य बढेको छ ।

आइतबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत शुक्रबार सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएकाे थियो ।  आइतबार प्रतिताेला ३ सय रुपैयाँ बढेकाे हाे । 

यस्तै यसदिन चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबारको तुलनामा आइबार प्रतितोला १० रुपैयाँ घटेको हो । 

शुक्रबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो । 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

आइतबार​ १९ असार २०७९ ०१:२५ PM मा प्रकाशित

प्रतिक्रिया