×

पाकिस्तानको व्यापार घाटा बढेर पुग्यो ४८.६६ अर्ब डलर 

images

इस्लामाबाद । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानको व्यापार घाटा ४८.६६ अर्ब डलर पुगेको छ ।

यसअघिको आर्थिक वर्षमा उसको घाटा ३०.९६ अर्ब डलर थियो । जुन गत वर्षको तुलनामा ५७ प्रतिशतले बढी हो । 

पाकिस्तानको आर्थिक वर्ष जुलाई–जुन हुने गर्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अपेक्षाभन्दा उच्च आयातले व्यापार घाटा बढेको बताएका छन् । 

द डन समाचारपत्रका अनुसार शहबाज शरिफ सरकारले मेमा ८०० भन्दा बढी अनावश्यक विलासितका सामान आयातमा प्रतिबन्ध लगाएको थियो । तैपनि घाटा कम भएन ।

रिपोर्टका अनुसार पाकिस्तानको व्यापार घाटा ३२ प्रतिशतले बढेर ४.८४ अर्ब डलर पुग्यो । एक वर्षपहिले सोही महिनामा ३.६६ अर्ब डलर थियो ।

गत आर्थिक वर्ष २०१७–१८ मा यस्तो घाटा सर्वाधिक ३७ अर्ब डलर थियो । यस्तै आव २०१८–१९ मा घटेर ३१.८ अर्ब पुग्यो भने २०१९–२० मा अझै घटेर २३.२ अर्ब डलर पुगेको थियो । 

तर, २०२०–२१ मा व्यापार घाटा बढेर ३०.८ अर्ब डलर पुगेको छ ।
 

आइतबार​ १९ असार २०७९ ०४:५१ PM मा प्रकाशित

प्रतिक्रिया