×

पोखराको लेकसाइडमा सिभिल बैंकको ९९औं एटीएम 

images

काठमाडौं । पोखराको लेकसाइडमा ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नयाँ एटीएम सञ्चालनमा ल्याएको छ। 

सो एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले गरेका हुन्। उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू अम्बीर बोगटी, भीमानन्द ढुंगाना, बैंकका प्रमुख व्यापार निक्षेप र लेनदेन बैंकिङ भोलाबहादुर विष्ट, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल,  गण्डकी प्रदेशका प्रमुख समीर केसीलगायतको उपस्थिति थियो।  

हालसम्म ९२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ८८ अर्ब कर्जा लगानी गरिसकेको सिभिल बैंकको यस एटीएमसहित नेपालभर एटीएम संख्या ९९ पुगेको छ। 

आइतबार​ १९ असार २०७९ ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया