×

बैंकहरूलाई नगद लाभांशको अंकुश हट्यो, एभरेस्ट र स्ट्याण्डर्ड चार्टर्डलाई सहज

images

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणामा सहजीकरण गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नगद लाभांश वितरण गर्दा यसअघि गरिएका व्यवस्थाहरु खारेज गरेको छ । 

केन्द्रीय बैंकले गत वर्ष जारी गरेको खुद वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने भन्ने व्यवस्थालाई हटाएको छ । त्यस्तै खुद वितरणयोग्य नाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका संस्थाले कर प्रयोजनबाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्थालाई पनि हटाएको छ । 

केन्द्रीय बैंकको निर्देशनबाट पीडित भएका अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले गत वर्ष बोनस सेयर जारी गरेका थिए । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढ्दै गएका बेला केन्द्रीय बैंकले पुरानो व्यवस्था हटाएर नगद लाभांस वितरणमा खुलुकले नीति लिएको हो । 

गत वर्ष नगद लाभांश कडाइ गरेपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक र एभरेस्ट बैंकले बोनस सेयरको दर घटाएर पैसा सञ्चित कोषमा राखेका थिए । चालू गत अघिल्लो वर्षको र गत वर्षको सञ्चित रकमबाट ठूलो हिस्सा नगद लाभांश घोषणा गर्न सक्छन् । यद्यपि केन्द्रीय बैंकले २०८० साउनबाट काउन्टर साइक्लिकल बफर लागू गर्ने भनेकाले नगद लाभांश घोषणा गर्दा अन्य पक्षहरुलाई पनि ख्याल गर्नुपर्ने छ ।
हेर्नुहोस् निर्देशन)

 

बुधबार १८ साउन २०७९ ०१:०९ PM मा प्रकाशित

प्रतिक्रिया