×

विमानस्थलबाटै सन्दीप लामिछाने पक्राउ

images

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। दोहाबाट कतार एयरवेजको विमानमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिइएको हो ।

उनले  सामाजिक सञ्जलमार्फत आफूलाई हतकडी नलगाउन प्रहरीलाई आग्रह गरेका थिए । उनलाई गौशाला लैजाँदै गर्दा हतकडी लगाइएको हातमा रुमालले छोपिएको थियो । उनको अघिपछि प्रहरी थिए ।

उनले ट्रयाकसुटसँगै क्याप लगाएका छन् । उनले मुखमा कालो मास्क लगाएका छन् ।कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत उनी स्वेदश फर्किएका हुन् । उनीमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।

काठमाडौंको होटल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

बिहीबार २० असोज २०७९ १२:०५ PM मा प्रकाशित

प्रतिक्रिया