मङ्गलबार, कात्तिक २ २०७८ ०५:३७ AM

×

यसकारण नेपालको सेयर बजारमा बियरिस ट्रेन्ड आएको होइन

images

काठमाडौं । सेयर बजारमा चासो राख्ने हरेकको मनमा अहिले सेयर बजारले बियरिस ट्रेन्ड समातेकै हो भन्ने खुलदुली बढिरहेको छ । नलागोस पनि कसरी, विगत केही महिनादेखि बजार निरन्तर घटेको छ । यसरी बजार निरन्तर घट्दा कतै बियरिस ट्रेन्ड सुरु भएको त होइन भन्ने लाग्नु स्वभाविक हो ।

तर, सेयर बजारले बियरिस ट्रेन्ड समात्नका लागि २५ हप्ता निरन्तर सेयर बजार घट्नुपर्छ । यदि त्यसरी घट्यो भने त्यसलाई बियरिसतर्फ बजार लागेको बुझ्न सकिन्छ । भदौ २ गतेसम्म नेपालको सेयर बजारले ३१९८ को उच्च बिन्दू कायम गरेको छ । उक्त अंकको उच्च बिन्दूपश्चात बजार कहिले घट्ने र कहिले बढ्ने गरेको छ ।

निरन्तर बजार घटेको छैन् । उच्च अंकबाट २० प्रतिशत भन्दा बढी बजार घटे पनि बीच बीचमा बढ्दै घट्दै गरेको छ । त्यही भएर बजार बियरिस ट्रेन्डतर्फ लागेको होइन भन्न सकिन्छ । 

केन्द्रीय बैंकको नीतिका कारण बजार घटेको हो । त्यसलाई नीतिगत तवरबाटै सुधार गर्नुपर्छ । त्यसपछि बजार स्वत नयाँ उच्च अंक बनाउन लाग्छ ।  कुनै दिन २१ अर्ब कारोबार हुने बजारमा हिजो बिहीवार ४ अर्ब ५० करोडको मात्रै कारोबार किन भयो । १५ दिनको बीचमा जुन अनुपातमा सेयर घटेको छ यो कहाँसम्म ओर्लिने हो अनुमान गर्न कठिन छ । तापनि अझै त यो बियरिस भएको छैन ।

नजिकको ठूलो देश भरतमा २००३ मा सेन्सेक्स मात्र ३००० थियो त्यो बढेर २००८ मा २२००० पुग्यो यो बुल हो । २००८को विश्वव्यापी मन्दीले यो २००९ सम्म फेरि ८००० मा झर्‍यो यो बियर हो । २००९ बाट बढ्न थालेको शेयर २०२१ मा ६०,००० पुग्नु ज्यादै लामो बुल ट्रेन्ड हो त्यसपछि ५८००० मा आएको छ तापनि त्यो बियरिस ट्रेन्ड होइन । किनकी बियरिस हुन पनि कम्तीमा २५ हप्तासम्म शेयर घटिरहनुपर्छ भनिएको छ ।
 

शुक्रबार​ २२ असोज २०७८ १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया