बिहीबार, मंसिर १६ २०७८ ०४:२७ PM

×
images

विराटनगरमा छठ पर्वको चहलपहल, सामाग्री किन्नेको भिड (फोटोफिचर) 

विराटनगर । छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने चलन छ ।दीपावली सकिएपछि तराईवासीहरु छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त हुन्छन । लक्ष्मीपूजाको ठिक चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तीथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।

विराटनगर बजारमा छठ पूजाका लागि अनिवार्य रूपमा चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्ने ग्राहकहरूको निकै भिडभाड देखिएको छ । 

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मूला, अदुवाको बोट पर्छन्। यो समय माटो तथा बाँसका सामग्री खरीद गर्नेको पनि भिडभाड हुने गरेको छ ।


 
 

सोमबार २२ कात्तिक २०७८ ०५:३९ PM मा प्रकाशित

प्रतिक्रिया