×

रियलमीको नयाँ रियलमी नार्जो ५० ए प्राइम सार्वजनिक, बजार मूल्य कति ?

images

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ ।

अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५ हजार एमएएच ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरू थुप्रै विशेषताहरु समावेश रहेको कम्पनीले जनाएको छ । 

रियलमी नेपालका हेड मुनिष गिरीले भने, ‘नेपाली बजारमा रियलमी नार्जो सिरिजअन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । 

यो नयाँ स्मार्टफोन हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने अर्को कदम हो । यसमा भएको ६.६ इन्चको एफएचडी डिस्प्ले र ५० मेगापिक्सेल क्यामेरले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्छ ।’  

सो फोनको मूल्य २१ हजार ७ सय ९९ रुपैयाँ तोकिएको छ । 

बिहीबार २६ साउन २०७९ १२:१२ PM मा प्रकाशित

प्रतिक्रिया