सोमबार, माघ ३ २०७८ ०९:४१ PM

×

नबिल-एनबी बैंक एक्वायर प्रक्रिया: सञ्चालक सबै नबिलकै रहने गरी बिहीबार एमओयू हुने  

images

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई एक्वायर (प्राप्ति) गर्नका लागि बिहीबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने भएको  छ । बुधबारै एक्विजिसनका लागि एमओयूको तयारी भए पनि समय अभावका बिहीबारलाई सारिएको हो ।

एनबीले एकजना सञ्चालक मागे पनि नबिले दिन मानेन । नबिलका सबै सञ्चालक यथावत रहने गरी समझदारी भएको छ । एनबी बैंकको १०० कित्ता सेयर नबिलमा ४३ कित्ता हुने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम भएको छ । एनबी नबिलमा एक्वायर भएपछि स्वाप रेसियो ४३ हुने नियामक नेपाल राष्ट्र बैंकलाई जानकारी गराइएको छ । 

एनबी बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको ४१.९१ प्रतिशत स्वामित्व छ । आईएफआईसीको सेयर विनोद चौधरीले श्रीमती सारिका चौधरीको नाममा किन्न गरेको डिललाई जिल्ला अदालत काठमाडौंले रोक्न आदेश दिएको छ । अदालतले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । छलफल पछि मात्र अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्ने छ ।   

हाल नबिलको चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ छ ।  साधारणसभाले ३३ प्रतिशत बोनस सेयर पारित गरेपछि बैंकको चुक्ता पुँजी बढ्ने छ ।

नबिलको शुक्रबार साधारणसभा हुँदै छ । चौधरीले एनबीको १५७ रुपैयाँमा सेयर किन्ने भएका छन् । नेपाल राष्ट्र बैंकले पनि नबिलसँग मर्जमा जाने सर्तमा राष्ट्र बैंकले सो सेयर चौधरीलाई किन्न अनुमति दिएको हो । 

यता नेपाल बंगलादेश बैंकले गएको मंसिर २ गते नै २७ औं वार्षिक साधारणसभा गरी १२ प्रतिशत अर्थात् १ अर्ब ८ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिसकेको छ ।  एनबीको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । 

बुधबार २८ पुस २०७८ ०६:०४ PM मा प्रकाशित

प्रतिक्रिया