मङ्गलबार, कात्तिक २ २०७८ ०४:२१ AM

×

२४ घण्टामा थप ७९२ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

images

काठमाडौं । नेपालमा मंगलबार थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ७ हजार ६० पीसीआर परीक्षणमा ६ सय ९१ र २ हजार ५ सय ५९ एन्टिजेन परीक्षणमा १ सय १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९६ हजार ७ सय ६९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ९ सय १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ७७ हजार ७४१ संक्रमित निको भएका छन् । हाल नेपालमा १४ हजार ५ सय ५४ सक्रिय संक्रमित आइसोलेसन र २ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

मङ्गलबार २६ असोज २०७८ ०५:०८ PM मा प्रकाशित

प्रतिक्रिया