सोमबार, माघ ३ २०७८ ०९:५८ PM

×

कोभिडको लक्षण नदेखिए पनि १० दिन घरमै क्वारेन्टिन बस्नुपर्ने (अध्यागमनको नयाँ नियमसहित)

images

काठमाडौं । विदेशी मुलुकबाट नेपाल आउँदा पूर्ण खोप लगाएका र बोर्डिङ पास लिएको ७२ घण्टा भित्रको पीसीआर परीक्षणमा कोभिडसँग मिल्दोजुल्दो लक्षण नदेखिए पनि १० दिन घरमै क्वारेन्टिन बस्नुपर्ने भएको छ ।

अध्यागमन विभागले नयाँ नियम जारी गर्दै नेपाली तथा विदेशी नागरिक नेपाल आउँदा पूर्ण खोप लगाएको १४ दिन नपुगेका नेपाली नागरिकहरुको नेपाल प्रवेश बिन्दुमा एन्टिजेन अनिवार्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकालाई संस्थागत आइसोलेसनमा पठाउने र नेगेटिभ देखिएकालाई घरमै १० दिन क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिने भएको छ ।

यस्तै खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका कूटनीतिक, अफिसियल पासपोर्टधारी वा आवासीय भिसा प्राप्त गरेका विदेशीहरुको नेपाल प्रवेशमा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएकालाई संस्थागत आइसोलेसन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेसनमा पठाउने र रिपोर्ट नेगेटिभ देखिएकालाई १० दिन होटल क्वारेन्टिन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिने भएको छ ।

बिहीबार २९ पुस २०७८ ०४:४७ PM मा प्रकाशित

प्रतिक्रिया