आइतबार​, असोज १० २०७८ ०८:५५ PM

×

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, ९० हजार ६ सय रुपैयाँ कायम

images

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

आइतबार ९० हजार ३ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि ९० हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १२ सय रुपैयाँमा किनबेच भएको छ । आइतबार ११ सय ९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

 

सोमबार २८ भदौ २०७८ ११:१९ AM मा प्रकाशित

प्रतिक्रिया