बुधबार, असार २ २०७८ ०७:४१ PM

×

ओमानबाट ५६० थान अक्सिजन सिलिण्डर प्राप्त

images

काठमाडौंं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा  सहयोगस्वरुप प्राप्त सिलिण्डर  निगमको वाइड बडी ए ३३० जहाजले साँझ काठमाडौँ ल्याएको हो । अक्सिजन सिलिण्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो ।

यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी जहाज राति ११ बजे त्यसतर्फ जाने बताइएको छ ।

शनिबार १ जेठ २०७८ ०९:२९ PM मा प्रकाशित

प्रतिक्रिया