बुधबार, असार २ २०७८ ०७:५९ PM

×

हेलि एभरेष्टका तीन सञ्चालक गरे सगरमाथा आरोहण,सोवित बने पहिलो पाइलट आरोही

images

काठमाडौं । हेलि एभरेष्टका तीन जना सञ्चालकहरुले सगरमाथा आरोहण गरेका छन् । मार्केटिङ डाइरेक्टर टासी लाक्पा शेर्पा, अप्रेशन डाइरेक्टर एवम पाइलट कृष्णप्रसाद गौचन(सोवित) र प्रमोसन डाइरेक्टर फुर्वा छिरिङ शेर्पाले मे ११ (बैंशाख १८) बिहान ७ बजे ८ हजार ८ सय ४८.८६ मिटरमा पाइला राखेका हुन् ।

हेलि एभरेष्टका प्रबन्ध निर्देशक फुरगेल्जे शेर्पा(फुर्वा) ले विज्ञप्ती जारी तीन जना डाइरेक्टरहरुले एक साथ सगरमाथा हिमालको सफल आरोहण गरेकोमा खुसी व्यक्त गरेका छन् ।

हिमाल आरोहणले हेलिकप्टर परिवार धेरै खुसी भएको र उनिहरुको उज्वल भविष्यको कामना समेत गरेका छन् । आरोहणमा सहभागी मध्यका टासी लाक्पाले विश्वभर रहेका ८ हजार भन्दा माथिका सबै हिमालहरु तीन जना दाजुभाईहरुले एक साथ आरोहण गरी गिनिज बुकमा नाम लेखाइसकेका छन् । यस्तै सोवित पहिलो पाइलट आरोही बनेका छन् । यस्तै फुर्वा छिरिङ युवा पर्यटन व्यवसायी हुन् ।

शनिबार १ जेठ २०७८ ०३:३७ PM मा प्रकाशित

प्रतिक्रिया