सोमबार, माघ ३ २०७८ ०९:३६ PM

×

केपी ओलीले पूर्वराजासँग जोडेपछि दाहालले भने– प्रमाणित नभए जनतासँग माफी माग्न चुनौती दिन्छु 

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँचबुँदे सहमति गरेको भन्ने प्रचार झुटो भएको बताएका छन् ।

दाहालले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, “दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रूपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग दाहालको पाँचबुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म केपी ओलीलाई पाँचबुँदे सहमति प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।”

साथै मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्छु । 

No description available.

बिहीबार १ पुस २०७८ ११:३१ AM मा प्रकाशित

प्रतिक्रिया