×

सोमबार थपिए ६,७३४ कोरोना संक्रमित, ३ जनाको मृत्यु 

images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा साढे ६ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ३ जनाको मृत्यु भएको छ भने २४ घण्टामा ६ हजार ७ सय ३४ जनामा कोरोना देखिएको छ ।

१७ हजार ४ सय ६५ जनाको परीक्षण गरिएको थियो । संक्रमितमध्ये ५ हजार ७ सय ४७ जना पीसीआर र ९ सय ८७ जना एन्टीजेन परीक्षणबाट संक्रमित थप भएका हुन् । हाल देशभरमा ३० हजार ८ सय ७७ संक्रिय संक्रमित छन् ।

सोमबार ३ माघ २०७८ ०४:४५ PM मा प्रकाशित

प्रतिक्रिया