×

चार वर्षपछि प्रदेश २ को नामाकरण जुर्यो : नाम मधेस,राजधानी जनकपुरधाम

images

काठमाडौं । करिब चार वर्षपछि प्रदेश नम्बर २ को नामाकरण भएको छ ।  सोमबार बसेको प्रदेशसभाको बैैंठकबाट दुई तिहाईको निर्णयले प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधामलाई पारित गरेको हो ।

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा दुई तिहाई बुहमतले पारित भएको हो ।

विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ । प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए ।

सोमबार ३ माघ २०७८ ०६:२५ PM मा प्रकाशित

प्रतिक्रिया