×

काेराेना अपडेट : २४ घण्टामा थपिए ८५२ संक्रमित, ३२८ जना निको 

images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ सय ५२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

६ हजार ३ सय ८३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ८ सय ५२ जनामा संक्रमण देखिएको हो । यो अवधिमा ३ सय २८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

बुधबार १ भदौ २०७९ ०५:१४ PM मा प्रकाशित

प्रतिक्रिया