×

पोखरीया वितरण केन्द्रद्वारा ३० करोड विद्युत् महसुल संकलन

images

वीरगन्ज । नेपाल विद्युत् प्राधिकरण, पोखरिया वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा ३० करोड १६ लाख रूपैयाँ विद्युत् महसुल संकलन गरेको छ । 

गत आवमा उक्त केन्द्रअन्तर्गत ४ करोड ७२ लाख ७८ हजार ४ सय १२ युनिट विद्युत् उपलब्ध भएकामा ३ करोड ५८ लाख ८७ हजार ५ सय ६० युनिट विद्युतकाे महसुल संकलन गरेको केन्द्रले जनाएको छ । 

जिल्लाका १४ स्थानीय तह छन् । पर्सागढी नगरपालिका–५, ६ र ७ बाहेक अन्य सबैमा पोखरिया प्राधिकरणले आफ्नो सेवा प्रवाह गरिरहेको छ । पोखरिया वितरण केन्द्रबाट सेवा लिने कूल सेवाग्राहीको सङ्ख्या ३८ हजार रहेको छ । 

केद्रका अनुसार आव २०७७/७८ मा २८.०४ प्रतिशत विद्युत् चुहावट भएको थियो भने आव २०७८/७९ मा २४.०९ प्रतिशत चुहावट भएको थियो । गत आवमा विद्युत् चुहावट गर्ने ४ सय ९० सेवाग्राहीलाई कारबाही गरिएको छ । उनीहरुले २ लाख ६० हजार ३९४ युनिट विद्युत् चुहावट गरेका थिए । उनीहरुबाट ५२ लाख ३६ हजार रूपैयाँ असुल गरिएको केन्द्रले जनाएको छ  । अघिल्लो आवभन्दा गत आवमा विद्युत् चुहावट ३.९५ प्रतिशतले कमि आएको छ । 

नौ सय ४७ सेवाग्राहीको ९ करोड ५ लाख ५० हजार रूपैयाँ बक्यौता रहेकामा ५ सय ४३ सेवाग्राहीबाट ३ करोड ४ लाख ९७ हजार रूपैयाँ असुल गरिएको छ । प्राधिकरणको कालोसूचीमा रहेको कूल सेवाग्राहीको सङ्ख्या ४ सय ४७ रहेको छ । आव २०७८/७९ मा पोखरिया विद्युत् प्राधिकरणले विभिन्न उपकरणको मर्मत सम्भारमा ३७ लाख ५० हजार रूपैयाँ खर्च गरेको छ । 

नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले आव २०७८/७९ मा ३०१ बन्द रहेका मिटर नयाँ जडान गरेको छ भने छ हजार ३ सय ४८ मिटर पुनः शिलबन्दी गरेको छ । 

बुधबार १ भदौ २०७९ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया