बुधबार, असार २ २०७८ ०८:४१ PM

×

नेपाल सेवा लघुवित्तले सेयरधनीलाई लाभांश नदिने, मर्जमा जाने 

images

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा जेठ २४ गते बस्ने भएको छ ।

सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे सुरु हुनेछ । यसपटक नेपाल सेवाले लगानीकर्तालाई लाभांश नदिने भएको छ । सभामा लाभांश दिने प्रस्ताव राखेको छैन ।

सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा छ । यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन (मर्ज) मा जानु परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । 

मङ्गलबार ४ जेठ २०७८ ०८:१९ AM मा प्रकाशित

प्रतिक्रिया