×

महोत्तरीको एकडारामा जसपा निर्वाचित

images

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष तथा उपाध्यक्ष पदमा विजयी भएका छन् । 

अध्यक्षमा ४ हजार ४ सय ९९ मत प्राप्त गरी दीपनारायण मण्डल र उपाध्यक्षमा ४ हजार ६ सय ७१ मत प्राप्त गरी महजवी खातुन निर्वाचित भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामछविला साहले २ हजार ४ सय ११ र उपाध्यक्षमा सोही दलकी रुक्साना खातुनले २ हजार ७६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले जानकारी दिए । गाउँपालिकामा जसपाले वडा नं  १, २, ३ र ६ मा तथा लोसपाले वडा नं ४ र ५ मा जीत हासिल गरेको छ । 

बिहीबार ५ जेठ २०७९ ११:१० AM मा प्रकाशित

प्रतिक्रिया