×

निफ्राले ४.२१ प्रतिशत लाभांश दिने 

images

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

उक्त कम्पनीले सेयरधनीहरूलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको असोज ६ गते बिहीबार  बसेको सञ्चालक समितिको बैठकले साे लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्। हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

शुक्रबार​ ७ असोज २०७९ ०१:०७ PM मा प्रकाशित

प्रतिक्रिया