×

झापा–१ बाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी

images

झापा  । झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् । 

नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई १४ हजार दुई सय ७५ मतले पछि पार्दै शर्मा विजयी भएका हुन् ।  शर्माले ३९ हजार ५ सय २४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार ३ सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए । 

शर्मा नेपाली कांग्रेसका महामन्त्री हुन्र भने खरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन् ।

बुधबार ७ मंसिर २०७९ ०६:१६ PM मा प्रकाशित

प्रतिक्रिया