×

एनआइसी एसियाका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचार गर्दा १२ प्रतिशत छुट

images

काठमाडाैं। एनआइसी एसिया बैंकका ग्राहकलाई भक्तपुरस्थित ताथलीमामा रहेकाे काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवामा १२ प्रतिशत छुट हुने भएकाे छ। छुट उपलब्ध गराउने सम्बन्धमा मंगलबार समझदारी भएको छ।

समझदारीपत्रमा बैंकका चिफ लाइफ स्टाइल बैंकिंङ युनिभर्स श्यामप्रसाद लामिछाने र सेन्टरका अध्यक्ष प्राडा. अन्जनीकुमार झाले हस्ताक्षर गरे। उक्त समझदारीअनुसार यस बैंकमा खाता सञ्चालन गरेकाे मोबाइल बैंकिंङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीले याे फाइदा उपभोग गर्न सक्नेछन्।

समझदारीसँगै बैंकको मोबाइल बैंकिंङ एप तथा कार्ड प्रयोगकर्ताले उक्त सेन्टरमा उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। यस्तै बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ।


 

मङ्गलबार १० माघ २०७९ ०९:४८ PM मा प्रकाशित

प्रतिक्रिया