×

प्यूठान प्रदेशसभा ‘ख’ बाट रोज राणा विजयी 

images

काठमाडौं । फिल्म निर्माता, कलाकार तथा निर्देशक रोज राणा (सरोज थापा) प्यूठान प्रदेशसभा ‘ख’ बाट विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राणाले २२ हजार ५ सय १८ मतका साथ विजय प्राप्त गरेका हुन् । 

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरि रिजालले १ हजार ७ सय १२ मत कम अर्थात् २० हजार ८ सय ७ मत पाएका थिए । राणा प्यूठान  २ का क्षेत्रीय सभापति पनि हुन् ।

प्रदेशसभामा लड्नका लागि रोजले नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पदसमेत त्यागेका थिए । उनी निर्माता संघका निवर्तमान महासचिव हुन् । 

‘दादागिरी’ बाट फिल्म निर्माणमा होमिएका राणाले ‘डन’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’ लगायतका आधा दर्जन बढी फिल्म बनाएका छन् । 

बिहीबार ८ मंसिर २०७९ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया