बिहीबार, मंसिर १६ २०७८ ०४:०९ PM

×

कोकाकोलाको फ्रन्टलाइनरलाई धन्यवाद दिने अनग्राउण्ड एक्टिभेसन सम्पन्न

images

काठमाडौं । कोकाकोलाले कोरोना महामारीको समयमा फ्रन्टलाइनमा बसेर काम गरेका कर्मचारीमा समर्पित अनग्राउन्ड एक्टिभेसन  सम्पन्न गरेको छ । कम्पनीले यो कार्यक्रम महामारीको समयमा अनवरत सेवामा खटिने कर्मचारीलाई प्रोत्साहन गर्ने गरी सञ्चालनमा ल्याएको थियो ।

 यो कार्यक्रम कोकाकोलाको दसैं क्याम्पेनको एक हिस्सासमेत हो । कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं) र ह्याम्स अस्पताल (काठमाडौं) लगायत नेपालका प्रमुख ५ कोभिड अस्पतालहरूसँग आबद्धता भएको थियो ।

एम्बुलेन्स सेवाप्रदायक ‘नेपाल एम्बुलेन्स सेवा’ र ‘वुमन फर ह्युमन राइट्स’सँग पनि सहकार्य भएको थियो । यस्तै, क्रिएशनइनको सन्जालअन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदार लगायत महामारीको समयमा उल्लेखनीय योगदान पुर्याउने अन्य १३ गैरसरकारी संस्थासँग पनि कोकाकोलाले सहकार्य गरेको थियो ।

बुधबार ८ मंसिर २०७८ ११:०३ AM मा प्रकाशित

प्रतिक्रिया