काठमाडाैं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले साओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा ल्याएको छ । साओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्टअन्तर्गतको होम सेक्युरिटी क्यामरा घरको सुरक्षाका लागि र दुइटा स्मार्ट वाच भएको जनाइएको छ ।
लन्चमा बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने, ‘हामी सधैं सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिभाइसहरु उपभोक्ता माझ ल्याउन प्रयास रत छौं ।
साओमी एस् वान एक्टिभ फिट्नेसमा रुचि राख्ने व्यक्तिहरुका लागि उपयोगी लेटेस्ट र स्टाइलिश स्मार्ट वाच हो । यसमा १. ४३ इन्चको हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइ रिफ्रेस स्क्रिन छ। यसले चौबीसै घण्टा मुटुको चाल रेकर्ड गर्नुको साथै अन्य ११७ वटा फिट्नेस मोडहरु पनि रहेको छ ।’
यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १. ४७ इन्चको फुल एमोलेड डिस्प्लेसहित उपलब्ध छ । यसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुको साथै चौबीसै घण्टा मुटुको चाल पनि रेकर्ड र यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोडहरु छन् । नर्मल मोड मा १२ दिन र ब्याट्री सेभर मोडमा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटर प्रुफ पनि छ ।
साओमी एस् वान एक्टिभ स्मार्ट वाचको मूल्य नेपाली २२ हजार ९ सय ९९ रूपैयाँ छ भने रेड मि स्मार्ट ब्याण्ड प्रोको मूल्य ६ हजार १ सय ९९ रहेको छ । त्यस्तै मीहोम सेक्युरिटी क्यामरा ३६० को मूल्य ४ हजार ४ सय ९९ रहेको छ । यी तीनवटै उत्पादनहरु मी नेपालको सम्पूर्ण आधिकारिक स्टोरहरुमा उपलब्ध छन् ।
प्रतिक्रिया