×

१५.९२ अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट 

images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ ०.८८ प्रतिशतले बढेको छ । यस दिन नेप्से परिसूचक १५.९२ अंकले बढेर १८३१.०५ बिन्दुमा पुगेको हो । 
आज १ हजार ८१५ बिन्दुमा खुलेको बजार दोहोरो अंकले बढेर १ हजार ८३१.०५ बिन्दुमा पुगेर बन्द भएको छ । बढेको बजारमा ५० करोड बढीको कारोबार भएको छ ।

आज नेप्से उच्च बिन्दु १ हजार ८४२ बिन्दु र न्यून १ हजार ८१४ बिन्दु समातेको थियो । आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने गिरावट आएको छ ।

आज नेप्समा ६६ करोडको कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ६ करोडको कारोबार भएको थियो ।

आज नेप्सेमा २ सय २९ कम्पनीको २१ लाख ७ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २२९ कम्पनीमध्ये १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । त्यसैगरी ६ कम्पनीको सेयरमूल्य स्थिर छ । 

आज नेप्सेमा सामुदायिक लघुवित्तको सर्वाधिक ९.९७ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, अभियान लघुवित्तको ६.०७ प्रतिशत र अपर हेवाखोलाको सेयरमूल्य ६.३ प्रतिशतले बढेको छ । त्यस्तै, गरिमा डिबेञ्चरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । 

आज नेप्सेमा रिडी हाइड्रोपावरको सर्वाधिक २ करोड ८५ लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै,नबिल बैंकको २ करोड ६१ लाख रुपैयाँको कारोबार र सानिमा माई हाइड्रोपावरको २ करोड २६ लाख रुपैयाँको कारोबार गरेको छ । 
 

मङ्गलबार ११ असोज २०७९ ०३:१७ PM मा प्रकाशित

प्रतिक्रिया