सोमबार, माघ ३ २०७८ १०:५६ PM

×

कोइराला लेवर फाउण्डेसनद्वारा इँटाभट्टामा कार्यरत १७३ मजदुरलाई खोप

images

काठमाडौं । गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेसनले इँटाभट्टामा कार्यरत १ सय ७३ मजदुरलाई कोरोना खोप प्रदान गरेको छ । फाउण्डेसनले बीडब्लूआई (विल्डिङ वर्कस युनियन)को सहकार्यमा भक्तपुरको दुवाकोटस्थित इँटाभट्टामा कार्यरत मजदुरलाई आज कोरोना खोप प्रदान गरेको हो ।

फाउण्डेसनका महासचिव सूर्य नेपालले जनस्वास्थ्य कार्यालय चाँगुनारायणको सहकार्यमा १ सय ७३ मजदुरलाई भेरोसेल खोप प्रदान गरिएको जानकारी दिए । खोप लगाएकामध्ये १ सय ३९ श्रमिकले पहिलो मात्रा र ३४ श्रमिकले दोस्रो मात्रा खोप लगाएका हुन् ।

साे इँटाभट्टामा सुदूरपश्चिम क्षेत्रका मजदुर कार्यरत छन् । बीडब्लूआइमा निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा मजदुर युनियन र अखिल नेपाल निर्माण मजदुर सङ्घ आबद्ध छन् ।

सोमबार १२ पुस २०७८ ०५:०० PM मा प्रकाशित

प्रतिक्रिया