काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार १५ गते बुधबार १ः१ अनुपातमा इड्रोपावरलाई हकप्रद निष्कासन गर्न स्वीकृति दिएको हो ।
एक सय अंकित मूल्यमा कम्पनीले २६ करोड ७९ लाख रुपैयाँ बराबरको २६ लाख ७८ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । विद्युत आयोगको स्वीकृतिपछि कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीको हालको चुक्ता पुँजी २६ करोड ७९ लाख रहेको छ । हकप्रद सेयर समायोजन पश्चात कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख पुग्नेछ । कम्पनीको हकप्रदको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया