अपाङ्ग विद्यार्थीलाई टेलिकमद्वारा स्मार्टफोन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार १७, मङ्गलबार  
अपाङ्ग विद्यार्थीलाई टेलिकमद्वारा स्मार्टफोन

काठमाडौं । नेपाल टेलिकमले विपन्न र दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीलाई सुर्खेतको छिन्चुमा स्मार्ट फोन उपलब्ध गराएको छ । 


सुर्खेतको छिन्चुमा आयोजित एक कार्यक्रममा असार १७ गते कम्पनीका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन प्रदान गरेका हुन् ।   


कार्यक्रममा अधिकारीले नेपाल टेलिकमले देशका विकट क्षेत्रमा समेत अत्याधुनिक सञ्चार सेवा उपलब्ध गराउनुका साथै फरक क्षमता भएका नागरिकहरुलाई उपलब्ध गराइएको सेवाले प्रविधिको माध्यमबाट आर्थिक गतिविधिका साथै सहज जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले नेपाल टेलिकम राष्ट्रको सञ्चार भएकाले व्यवसाय मात्र विस्तार नगरी सेवाको भावनाले समेत काम गरिरहेको बताए । 


नेपाल टेलिकमले मैत्री समाज नेपालको सहकार्यमा कर्णाली प्रदेशका दृष्टिसम्बन्धी अपाङ्गता भएका उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई मोबाइल सेट हस्तान्तरण गरेको हो । स्मार्ट फोनमार्फत आवश्यक एप्लिकेसन प्रयोग गरी उनीहरुले अध्ययन कार्यलार्ई सहज रुपले अघि बढाउन सक्नेछन् ।  


यही असार १३ गते सुनसरीको इटहरीमा पनि दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरुलाई मोबाइल सेट वितरण गरिएको थियो । यसअन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका दृष्टिविहीन विद्यार्थीहरुलाई उच्च प्रविधियुक्त एन्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गरी उनीहरुको शैक्षिक स्तर र अवसर अभिवृद्धि गर्न सहयोग पु¥याउने कम्पनीको योजना छ । 


विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफरअन्तर्गत ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपाङ्गता भएका व्यक्तिहरुका लागि कम्पनीले मोबाइलबाट गरिने कुराकानीमा समेत विशेष सहुलियत उपलब्ध गराइरहेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top