बैङ्कको कर्जा तिर्न एफपीओ र हकप्रद सेयर निष्कासन गर्न नपाइने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २३, साेमबार  
बैङ्कको कर्जा तिर्न एफपीओ र हकप्रद सेयर निष्कासन गर्न नपाइने 

काठमाडौं । जलविद्युत कम्पनीले थप निष्कासन (एफपीओ) र हकप्रद सेयर निष्कासन गरेर बैङ्कको कर्जा तिर्न र दोस्रो संस्थाको सेयर खरिद गर्न नपाउने भएका छन् । 

 

राष्ट्रिय विद्युत नियमन आयोगले ल्याएको विद्युत सेयर सार्वजनिक निष्कासन सम्बन्धित निर्देशिकाले ऋण तिर्न र सेयरमा लगानी गर्नका लागि एफपीओ र हकप्रद सेयर निष्कासन गर्न बन्देज लगाएको हो । 

 

जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको दुई  वर्षपछि मात्र एफपीओ र हकप्रद सेयर निष्कासन गर्न पाउने भएका छन । आईपीओ निष्कासनको रकम परिचालनका लागि स्पष्ट रणनीति तथा योजना साधारणसभाबाट पारित हुनुपर्ने, संस्थापकले कवुल गरेको सबै रकम भुत्तानी र परियोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भइसकेको हुनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

 

आयोगले निवेदन दिने कम्पनीको विवरण हेरेर आईपीओ निष्कासन गर्न अनुमति दिने सदस्य रामप्रसाद धितालले बताए ।  

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top