सरकार र उद्योगीबीच वार्ता : भ्याट, ट्रयाकिङ र प्यानको अध्ययन गर्न ५ सदस्यीय कार्यदल बनाउने सहमति

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन ५, आइतबार ,०६:२६:PM  
सरकार र उद्योगीबीच वार्ता :  भ्याट, ट्रयाकिङ र प्यानको अध्ययन गर्न ५ सदस्यीय कार्यदल बनाउने सहमति

काठमाडौं । वस्तु ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट), भेइकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम तथा अनिवार्य प्यानको व्यवस्था लागू गरेपछि आन्दोलित निजी क्षेत्र र सरकारबीच यसको अध्ययन गर्न कार्यदल बनाउने सहमति भएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिबीच आइतबार भएको छलफलमा  कार्यदल बनाएर समस्या समाधान खोज्ने सहमति भएको हो । कार्यदलमा सरकारको तर्फबाट २, उद्योग वाणिज्यतर्फ २ र एक जना कर विज्ञ हुने भएका छन् ।

तत्काल कार्यदल गठन गरी ५ कार्यदिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिने भएको छ ।  कार्यदले कस्तो प्रतिवेदन दिन्छ सोही अनुसार महासंघ अघि बढ्ने उद्योग समितिका सभापति अन्जन श्रेष्ठले बताए । उनले अर्थमन्त्री सकरात्मक रहेको उनको भनाई छ ।  

कार्यदल बनाउने भनेकाले माग पूरा नहुने देखिएको छलफलमा सहभागी एक व्यवसायीले क्यापिटल नेपाललाई बताए । 'कार्यदल गठन गर्नुभनेको माग पूरा नहुने सङ्केत हो', बैठकमा सहभागी एक व्यवसायीले क्यापिटल नेपाललाई बताए । 

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणासहित अर्थमन्त्री डा. युवराज खतिवडा र उद्योगमन्त्री मात्रिकाप्रसाद यादवलाई बोलाएर तत्काल समस्या समधान गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनअनुसार आइतबार दिउँसो वार्ता भएको हो । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top