महासंघको कार्यकारणी समितिले विशेष साधारणसभाको मिति तोक्ने, कात्तिकमा हुने संभावना न्युन 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन १७, शुक्रबार,०२:३१:PM  
महासंघको कार्यकारणी समितिले विशेष साधारणसभाको मिति तोक्ने, कात्तिकमा हुने संभावना न्युन 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभाको मिति अब बस्ने कार्यसमिति बैठकले तोक्ने भएको छ । महासंघकी अध्यक्ष भवानी राणाले विशेष साधारणसभाको मिति तोक्ने काम व्यक्ति विशेषको नभएर कार्यसमितिको भएकाले कार्यकारणी सदस्यको सर्वसम्मत निर्णय गर्न सक्ने जानकारी बताइन ।

उनले महासंघको आगामी कार्यसमितिले विशेष साधारणसभाको मिति तय गर्ने जानकारी गराइन । गत वुधबार बसेको महासंघको कार्यसमिति बैठक विशेष साधारणसभाको मिति तोक्ने विषयमा कुनै निर्णय नगरी सकिएको थियो ।

महासंघले कार्यसमितिको बैठक बोलाउन १५ अगावै एजेन्डाका  बारेमा कार्यकारणी सदस्यलाई जानकारी गराउनु पर्ने प्रावधान छ । महासंघले शुक्रबारसम्म कार्यकारणी समितिलाई बैठकका एजेन्डा पठाएको छैन । कात्तिकमा विशेष साधारणसभा हुने संभावना न्युन देखिएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');