मेडिकल कलेजहरुको शुल्क तत्काल घटाउन सरकारलाई निर्देशन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २४, शुक्रबार,०५:५५:PM  
मेडिकल कलेजहरुको शुल्क तत्काल घटाउन सरकारलाई निर्देशन

काठमाडौं । सरकारलाई संसदीय समितिले मेडिकल कलेजमा भएको शुल्क वृद्धि तत्काल घटाउन निर्देशन दिएको छ ।

शुक्रबार सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले मेडिकल कलेजहरुको शुल्कसम्बन्धी विवाद समाधान गर्न गठित उपसमितिले दिएको सुझावलाई आधार मानेर तत्काल शुल्क घटाउन सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मर्मअनुसार मेडिकल कलेजहरुको शुल्क घटाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीले बताएकी छन् ।

उनले जेहेन्दार, द्वन्द्व पीडित र गरिब परिवारका छोराछोरीलाई चिकित्सा शिक्षा अध्ययन गर्नका लागि ऋण उपलब्ध गराउनसमेत सरकारलाई निर्देशन दिइन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top