गत आवमा साइबर अपराधका ६३ मुद्दा फर्छ्याेट, ६४ मुद्दा प्रक्रियामा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २६, आइतबार ,०४:१४:PM  
गत आवमा साइबर अपराधका ६३ मुद्दा फर्छ्याेट, ६४ मुद्दा प्रक्रियामा 

काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा विद्युतीय कारोबार अर्थात् साइबर अपराधका मामिलामा देशभरबाट १२७ ओटा मुद्दा दर्ता भएका छन् ।

काठमाडौं जिल्ला अदालतले सो आवमा ६३ ओटा मुद्दाको सुुनुवाइ गरिसकेको छ । यस्तै बाँकी ६४ ओटा मुद्दा अहिले प्रक्रियामा रहेको जिल्ला अदालतले बताएको छ । 

२०६४ साल चैत २५ गतेदेखि काठमाडौं जिल्ला अदालतलाई साइबर अपराध हेर्ने क्षेत्राधिकार तोकिएको एक मात्र अदालत हो । साइबर अपराध हेर्ने अदालत एउटै मात्र भएका कारण सेवामा ढिलाइ, खर्चिलो, झन्झटिलो र न्यायमा सहज पहुँच नहुने गुनासाहरु आउने गरेका छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');