सुनको मूल्यमा सामन्य गिरावट, प्रतितोला ७० हजार ३००

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २९, बुधबार,११:१०:AM  
सुनको मूल्यमा सामन्य गिरावट, प्रतितोला ७० हजार ३००

काठमाडौ । पछिल्लो समय लगातार उकालो लाग्दै गएको सुनचाँदीको मूल्य आज केही घटेको छ । मङ्गलबार तोलाको ७१ हजार रुपैयाँ पुगेको छापावाला सुनको मूल्य आज प्रतितोला ७०० ले घटेर ७० हजार ३०० रुपैयामा झरेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

तेजावी सुनको मूल्यसमेत केही घटेको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ७०० ले घटेर ७० हजार रुपैयाँ कायम भएको छ । मङ्गलबार तेजावी सुन प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य पनि घटेर प्रतितोला ८२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । पछिल्लो १५ दिनको तुलनामा सुनको मूल्यमा झण्डै छ हजारले वृद्धि भएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५०० डलर नाघेको छ । 

विश्व बजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको हो । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको बताइन्छ ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');