काठमाडौं । निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना आगामी ३ वर्षभित्र सम्पन्न हुने भएको छ । सन २०२२ को सेप्टेम्बर २०७९ असोजमा अरुण तेस्रो आयोजना सम्पन्न हुने भारतका ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले बताए ।
बुधबारदेखि राजधानीमा सुरु भएको नेपाल पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै राज्यमन्त्री सिंहले आयोजनाको काम सन्तोषजनक रहेको बताए ।
संखुवासभास्थित निर्माणधिन आयोजनाको बुधबार स्थलगत निरीक्षण गरेर फर्केपछि राज्यमन्त्री सिंहले ३ वर्षमा बिजुली उत्पादन हुने जानकारी गराएका हुन । उनले आयोजनाको २५ प्रतिशत काम पुरा भएको उनले सुनाए ।
उनले आयोजनाको काम तिब्र गतिमा भइरहेको भन्दै निर्धारित समयमा आयोजना सम्पन्न हुने जानकारी गराए । आयोजनाबाट नेपालले २२ प्रतिशत निशुल्क ऊर्जा अर्थात १९७ मेगावाट बिजुली पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौ रुपैयाँ नेपालले पाउने उनले बताए ।
निर्मााणधिन मध्ये अरुण तेस्रो सबैभन्दा ठुलो आयोजना हो । प्रवद्र्धक एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । भारतीय लगानीमा आयोजना बन्न सुरु भएको हो ।
आयोजना बनाउन आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्यु्त उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन खर्च हुनेछ । एसजेबीएनले स्वपुँजीबापत २५ अर्ब रुपैयाँ लगानी गरेको छ ।
एसजेबीएनले एसबीआईबाट ४१ अर्ब भारु अर्थात ६५ अर्ब ६० करोड रुपैयाँ ऋण लिँदै छ । एसबीआईसँग ऋण सम्झौता हुनासाथ नेपालका नबिल र एभरेस्ट बैङ्कसँग हुनेछ ।
नबिल र एभरेस्टले गरी ९ अर्ब भारु अर्थात १४ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गर्न गत मार्चमा सहमतिपत्र (एमओयू) गरेका छन । भारतको एसबीआई र नेपालका एभरेस्ट र नबिलबाट गरी आयोजना बनाउन एसजेबीएनले ८० अर्ब रुपैयाँ अर्थात ५० अर्ब भारु ऋण लिनेछ ।उनले निजी लगानीमा भारतमा २६ हजार मेगावाट नविकरणीय ऊर्जा परियोजना सुरु भएको उनले सुनाए ।