फर्निचर तथा फर्निसिङ एक्सो सुरु, वार्षिक १० अर्बको कारोबार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २५, बुधबार,०९:२६:PM  
फर्निचर तथा फर्निसिङ एक्सो सुरु, वार्षिक १० अर्बको कारोबार

काठमाडौं । मुलुकमा फर्निचर तथा फर्निसिङ क्षेत्रको करीब  १० अर्ब रुपैयाँको वार्षिक कारोबार हुने गरेको छ ।नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सञ्चालन गरेको सातौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्सपोमा उक्त कारोवारकाबारे जानकारी दिइएको हो ।

उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेको एक्सपोमा फर्निचर तथा फर्निसिङका साथै कार्पेट, भान्छा, श्यया, स्नानकक्ष, इण्टेरियर डिजाइनरलगायत सामग्रीका १२० बिक्री कक्ष राखिएको छ । 

 यही भदौ २९ गतेसम्म एक्सपो जारी रहनेछ । नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक नीति निर्माण गर्नुपर्ने विचार व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि हेमराज ढकालले व्यापारको आकार वृद्धि गरेर समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेर मात्र कर बढाउनुपर्नेमा जोड दिए । 

नेपाल फर्निचर तथा फर्निसिङ महासङ्घका अध्यक्ष भूपेन्द्र गिरीले मुलुकमा भएको वनलाई व्यावसायिक ढङ्गले उपयोग गर्न नसकिएकाले फर्निचर तथा फर्निसिङ व्यवसायलाई आत्मनिर्भर बनाउन नसकिएको बताए।

नेपाल फर्निचर तथा फर्निसिङ सङ्घका अध्यक्ष रुपेश प्रधानले स्वदेशी उत्पादनले समग्र कारोवारको करीब ५० देखि ६० प्रतिशत प्रतिस्थापन गर्ने गरेको बताउँदै यस क्षेत्रमा प्रयोग हुने काठका उत्पादन स्वदेशमा गर्न सकेमा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता अन्त्य हुने बताए। रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');