अवैध रूपमा ल्याइएकाे ६४ खसीबोका नियन्त्रणमा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २९, आइतबार ,११:२२:AM  
अवैध रूपमा ल्याइएकाे ६४ खसीबोका नियन्त्रणमा

कोहलपुर । वडादशैँ र तिहार नजिकिएसँगै बाँके जिल्लामा विभिन्न नाकाहरुबाट प्रशासनको आँखा छलेर अवैध धन्दा गर्ने समूह सक्रियरूपमा लागिपरेका छन् ।

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अवैधरूपमा नेपाल भित्र्ययाइएका ठूलो मात्रामा खसीबोका नियन्त्रणमा लिएको छ । बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको ट्रकमा राखिएका ६४ खसीबोका प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार नियमित जाँचका क्रममा ६४ खसीबोका नियन्त्रणमा लिइएको खसीको मूल्य पाँच लाख रूपैयाँ बराबरको रहेको बताए ।  नियन्त्रणमा लिइएको खसी तथा ट्रक चालक कृष्णप्रसाद पराजुलीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको छ ।

यसरी अवैधरुपमा नेपाल ल्याइएको खसीबोका प्रहरीले दैनिकजसो नियन्त्रणमा लिने गरेको छ । करीब दुई साताअघि भारतबाट तस्करी गरेर ल्याउँदै गरेका तीन लाख २० हजार रूपैयाँका ३९ खसीबोका राप्तीसोनारी गाउँपालिका–४ बैजापुरबाट नियन्त्रणमा लिइएको थियो । रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी प्रदेश -५ बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');