टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा भण्डारी

account_box रासस ,
प्रकाशित: २०७६ असाेज ५, आइतबार ,१०:११:AM  
टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा भण्डारी

लम्की । कैलालीको टीकापुरस्थित उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रामबहादुर भण्डारी विजयी भएका छन् । 

अध्यक्षका प्रत्यासी ध्रुवराज खत्रीलाई २२१ मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ५४१ मत प्राप्त  गरे भने खत्रीले ३२० मत पाए । 

यस्तै उपाध्यक्ष वाणिज्यतर्फ चक्रपाणि सापकोटा र उपाध्यक्ष उद्योगतर्फ जगतराज चौधरी विजयी भएका छन् । महासचिवमा तपेन्द्र स्वाँर, सचिवमा गणेश रेग्मी, कोषाध्यक्षमा कमल चौधरी विजयी भएका छन् ।

महिला सदस्यमा शिला सापकोटा, जनजाति सदस्यमा जितबहादुर चौधरी (पन्छी), दलित सदस्यमा अमित टमटा नेपाली, विजयी भएका छन् ।

खुला सदस्यमा नवराज रिमाल, तपेन्द्र कुँवर, मानबहादुर ठकुल्ला, रामबहादुर साउद, टेकबहादुर सोडारी, जीवन गौचन, सन्तोष खड्का र हिक्मत रावल विजयी भएकाे निर्वाचन अधिकृत धनबहादुर शाहीले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले मतदातालाई धन्यवाद दिँदै व्यापारीको सुझावका आधारमा काम गर्ने बताए । शनिबार भएको चुनावमा एक हजार दुई मतमध्ये ९१६ मत खसेको थियो ।

रासस

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी प्रदेश -७ बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');